info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

साना किसान लघुवित्तको खुदनाफा ४९ करोड नाघ्यो, ६२.४७ इपिएस

By: Nepse Direct Aug 13, 2019

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड SKBBL  1.41 %  977.00 ले गत आवको चौथो त्रैमासमा ४९ करोड १० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २४.९२ प्रतिशत बढी हो ।

७७ करोडभन्दा बढी संचालन मुनाफा

कम्पनीको संचालन मुनाफा सो अवधिमा बढेर ७७ करोड ६ लाख ७५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी २२.३५ प्रतिशत बढेर ९१ करोड ८९ लाख ६० हजार रहेको छ । 

चुक्ता पूँजी स्थिर

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ७८ करोड ६० लाख ३४ हजारले स्थिर रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १ अर्ब ६७ करोड ८६ लाख ६० जगेडा कोष गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.७१ प्रतिशत बढी हो । 

२० अर्ब कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा २० अर्ब ४५ करोड ७० लाख ६० हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी ६२.४७ रुपैयाँ

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ६२.४७ रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २.०१ प्रतिशत घटी हो । प्रतिसेयर नेटवर्थ ३१३.५६ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १५.१८ रहेको छ र यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.५९ प्रतिशत घटी हो । 

sanakisaan

Shivam Cement
Companies in this article: