info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

गुडविल फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

By: Nepse Direct Mar 11, 2020

गुडविल फाइनान्स लिमिटेड GFCL  1.45 %  136.00 को ऋणपत्रमा बुधवार (आज)देखि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले १२ प्रतिशत ब्याजदरमा २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  २०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य एक हजार रुपैंयाँ तोकिएको छ ।

निष्कासन गर्न लागेको  २५ करोड बराबरको २ लाख ५० हजार कित्ता मध्ये १५ करोड रुपैंयाँ बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी १ करोड रुपैंयाँ बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि ’ रेटिङ प्रदान गरेको छ । कम्पनीले धितोपत्र बोर्डसँग फागुन ६ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीको ऋणपत्रमा छिटोमा चैत २ गते तथा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

Mega Maya Bachat Khata
Companies in this article:
GFCL GFCLPO