info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्लोबल आइएमई लघुवित्तको ५६,५६१ कित्ता सेयर लिलाम बिक्रीमा

By: Nepse Direct Oct 01, 2019

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड GILB  2.03 %  703.00 ले ५६ हजार ५६१ कित्ता सर्वसाधारण सेयर लिलाम बिक्री गर्ने भएको छ । सो सेयर खरिदका लागि असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले साउन २१ गतेदेखि भदौ २३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फको सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि र सोभन्दा माथि १० अंकले भाग जाने गरी अधिकतम २५००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

Shivam Cement
Companies in this article:
GILB GILBPO