info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

By: Nepse Direct Sep 10, 2019

मंगलबार सुनको मूल्य प्रति तोला ७०० रुपैयाँ घटेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर ७१ हजारमा सिमित भएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसंगै नेपाली बजारमा पनि मूल्य घटेको हो । अमेरिका र चीन बिच व्यापार युद्ध हुने सम्भावना र अन्य कारणहरुले सुनको मूल्यलाई हालसम्मकै एतिहासिक विन्दु ७३ हजार ५ सय पुर्याएको थियो । तर, अक्टोबरमा चीन र अमेरिका बिच वार्ता हुने सम्भावना बढेसंगै सुनको मूल्यमा कमी आएको हो । सुनसंगै चाँदीको मूल्य पनि यस दिन घटेको छ । सोमबारको तुलनामा चाँदी प्रति तोला १० रुपैयाँ घटेर मंगलबार ८७० रुपैयाँमा सिमित भएको छ । 

Shivam Cement