info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

फेरी बढ्यो सुन र चाँदीको मूल्य, के हुन् मूल्यवृद्धिका कारण ?

By: Nepse Direct Aug 13, 2019

पछिल्लो ५ दिनदेखि स्थिर रहेको सुन र चाँदीको मूल्य मंगलबार पुनः बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रति तोला १००० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रति तोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले बुधबारको लागि छापावाल सुनको मूल्य प्रति तोला ७१ हजार रुपैयाँ तोकेको छ । सोमबारसम्म सुन प्रति तोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यसैगरी, संघले चाँदीको मूल्य प्रति तोला ८३५ रुपैयाँ तोकेको छ । सोमबार चाँदीको मूल्य प्रति तोला ८२५ रुपैयाँ रहेको थियो । 

सुनको भाउ दिनानुदिन बढ्नुको कारणहरुः

  • चीन र अमेरिका बीच व्यापार युद्ध 
  • अमेरिकी फेडरल रिजर्भ बैंकले निक्षेपको ब्याजदर ०.२५ प्रतिशत घटाएको
  • अमेरिका र इरान बीचको द्वन्द
  • अमेरिका र उत्तर–कोरिया बीचको बढ्दो दूरी
  • भारत सरकारले जम्मु, कश्मिर राज्यलाई केन्द्र सरकार मातहतमा ल्याएपछि डलरको तुलनामा भारतीय मुद्र कमजोर हुनु
  • युरोप लगायत अन्य महादेशका सेन्ट्रल बैंकहरुले करेन्सीको सट्टा सुन स्टक राख्न थाल्नु ।

fenegosida

Shivam Cement