info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

घाटामा रहेका जलविद्युत कम्पनी गाभ्ने सरकारको तयारी

By: Nepse Direct Jun 08, 2020

तीन वर्षदेखि वित्तीय अवस्था खस्कदै गएका विद्युतीय कम्पनी गाभ्ने तयारीका  लागि सरकारले गृहकार्य शुरु गरेको छ ।

विद्युत उत्पादन गर्ने प्रयोजनले स्थापना भएका तर,कार्य सञ्चालनका लागि अपर्याप्त पुँजीकोष रहेका आयोजनाहरू एक आपसमा गाभ्ने सकिने बाटो सरकारले खोल्न लागेको हो ।

विद्युत नियमन आयोगले विद्युत उत्पादन, प्रसारण, वितरण, व्यापार तथा ग्राहक सेवा सम्बन्धी अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा तयार पारेर यस्तो बाटो खुल्ला गरेको हो । ‘बैंक तथा वित्तीय संस्था जस्तै अब जलविद्युत आयोजनाका व्यवस्थापन ’मर्जर’ मा लैजान सकिने प्रावधान ल्याइने लागिएको हो ।

आयोगले तयार पारेको निर्देशिकाको मस्यौदा अनुसार उपभोक्ताको हित र उपभोक्ता प्रतिको दायित्वमा प्रतिकूल प्रभाव पार्ने अवस्था विद्यमान रहेको पनि मर्जरमा लैजान आदेश दिन सक्ने छ । पछिल्लो समय जलविद्युत आयोजना अप्ठ्यारोमा पर्दै जान थालेपछि लगानी नडुबोस् भन्ने ध्येयका साथ आयोगले निर्देशिका ल्याउने तयारी थालेको हो ।  

Mega Maya Bachat Khata