info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

गुराँस लाइफको हकप्रद असार १४ गतेबाट खुल्ने

By: Nepse Direct Jun 22, 2020

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  GLICL  3.46 %  474.00 को हकप्रद बिक्री खुला भएको छ।

इन्स्योरेन्सले असार १४ गतेदेखि एक बराबर एक( १ः१ ) अनुपातमा एक सय रुपैयाँ अंकित दरका ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

यसअघि चैत २० गतेबाट हकप्रद निष्कासन गर्ने सूचना जारी गरिएको भए पनि कोरोना संक्रमणका कारण सरकारले लक डाउन गरेकाले हकप्रद निष्कासन स्थगित गरिएको थियो ।

इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि फागुन २२ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन २१ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ ।

इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा २०७७ साउन गतेसम्म आवेदन गर्न सकिनेछ।

हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । 

Mega Maya Bachat Khata
Companies in this article: