info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी लघुवित्तले घोषणा गर्यो हालसम्मकै उच्च बोनस

By: Nepse Direct Sep 11, 2019

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड LLBS  3.48 %  666.00 ले हालसम्मकै उच्च बोनस घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । हालसम्म कम्पनीले १० प्रतिशतभन्दा बढी बोनस सेयर वितरण गरेको छैन । भदौ २४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले कर प्रयोजनको लागि सहितगरी कुल ११.३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । गत असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी २४ करोड २० लाख रहेको छ । १५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी २७ करोड ८३ लाख पुग्नेछ । 

llbs dividend

llbs

Shivam Cement
Companies in this article:
LLBS LLBSPO