info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सर्वसाधारणले आवेदन नदिएको आइपिओ संस्थापकलाई बिक्री गर्दै हिमाल दोलखा

By: Nepse Direct Aug 11, 2019

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक, संचालक लगायतका लागि आईपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपिओमा आवेदन नपरेको संस्थापक, संचालकहरुलाई बिक्री गर्न लागेको हो । सो सेयरका लागि साउन २६ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको संस्थापक सेयरधनी, संचालक वा निजहरुका एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन तथा लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिहरुले सो सेयरका लागि आवेदन दिन सक्नेछन् । आस्बा सदस्य बैंक तथा बित्तीय संस्थाहरुले कम्पनीको संस्थापक सेयरधनी, संचालक वा निजहरुको एकाघरका परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापक तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिहरु रहे नरहेको यकिन गरेर मात्र आवेदन संकलन गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: