info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

"एशिया मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९" , आइएमई जनरल इन्स्योरेन्स लाई

By: Nepse Direct Dec 15, 2019

अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरोसन (आइबिसी) ले एसियाको ‘एशिया मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९’ बाट आइएमई जनरल इन्स्योरेन्स लाई बुधबार बैंककमा आयोजित कार्यक्रममा सम्मान गरेको छ।

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान सो अवार्ड लिएका थिए। सबैलाई धन्यावद दिदैं कम्पनीका अध्यक्ष हेमराज ढकालले सम्मानबाट थप हौसला प्राप्त भएको बताएका छन् ।

उनले अगामि दिनमा नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे। सोहि कार्यक्रम मार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ढकालले नेपाल भ्रमणका लागि आग्रह समेत गरे।

Mega Maya Bachat Khata
Companies in this article:
IGI IGIPO