info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

घोडीघोडाको आइपिओ आजदेखि निष्कासन खुल्ला

By: Nepse Direct Jul 05, 2019

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आज (२०७६ असार २० गते) देखि निष्कासन खुल्ला भएको छ । लघुवित्तले १ लाख ३२ हजार ६०० कित्ता साधारण सेयर असार २५ गते सम्मको लागि निष्कासन तथा बिक्री खुल्ला गरेको हो । सो मध्ये कर्मचारीहरुका लागि १ हजार ३८० कित्ता र सामूहिक लगानी कोषका लागि संस्थाले ६ हजार ६३० कित्ता सुरक्षित गरेको छ । सर्वसाधारणका लागि बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयर बाँडफाँड हुनेछ ।

संस्थको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले मेरो सेयर तथा सि–आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था रहेको यस निष्कासनमा असार २५ गते सम्म आवश्यक आवेदन नपरेको खण्डमा भने साउन १९ गते सम्म खुला रहनेछ । 

Companies in this article: