info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासन स्थगित

By: Nepse Direct Mar 23, 2020
IPO

विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडUIMRBHL आज (चैत १० गते) बाट निष्कासन गर्ने भनेको ४ करोड २० लाख रुपैयाँबराबरको आईपीओ स्थगित भएको छ। 

कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्ने भनिएको थियो। 

आईपीओ निष्कासन छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गते बन्द हुने भनिएको थियो। दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना थियो। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।  कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । 

Mega Maya Bachat Khata
Companies in this article: