info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानीकर्ताको हितग्राही खातामा

By: Nepse Direct May 30, 2020

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

लकडाउनका बीच गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको उक्त कम्पनीले शुक्रवार लगानीकर्ताहरुको हितग्राही खातामा शेयर जम्मा गरेको हो । अब शेयर कारोबार सुचारु भएपछि उक्त कम्पनीको आईपीओ पनि कारोबार गर्न सकिने भएको छ ।

कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेर चैत २६ गते बुधबार बाँडफाँड गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।

यहि जेठ ११ गते सीडीएस क्लियरिङ लिमिटेड (सीडीएस)मा कम्पनीले आफ्नो चुक्ता पूँजी बजारको १० करोड कित्ता शेयर सीडीएसमा कारोबार हुन सक्ने गरी अभौतिकीकरण गराएको थियो ।

Mega Maya Bachat Khata
Companies in this article: