info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड हुने

By: Nepse Direct Jul 03, 2020
IPO

एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २१ गते आइतबार बाँडफाँड हुने भएको छ। 

कम्पनीले बिहीवार प्रि–अलोटमेण्ट गरेको हो । 

गत असार १४ गते अन्तिम दिन आइतबारसम्म मागभन्दा ५ गुणाभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो जसमा ४ लाख १२ हजार ३३२ जनाले आइपीओ आवेदन गरेका थिए । सानिमा क्यापिटलले लघुुवित्तको आइपीओमा परेको आवदेनलाई प्रमाणित गर्दा ३ लाख ९७ हजार ७४१ आवेदनमात्र योग्य रहेको जनाएको छ ।

संस्थागत लगानीकर्ता र दोहोरो आवेदनलाई भेरिफाइ गरेपश्चात् क्यापिटलले योग्य आवेदन ३ लाख ९७ हजार ७४१ मात्र रहेको बताएको छ । लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता शेयर पाउने निश्चित छ भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउनेछन्।

Mega Maya Bachat Khata
Companies in this article: