एनआइसी एसिया लघुवित्तको आइपीओ बाँडफाँट भएको छ ।
सानिमा क्यापिटलमा शनिबार आयोजित यस कार्यक्रममा लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।
यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो ।