info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयरको बिक्री आजबाट खुल्यो

By: Nepse Direct Jun 28, 2020

शिखर इन्स्योरेन्स  SICL  0.7 %  1000.00 ले यस अघि स्थगित भएको हकप्रद असार १४ गते, आजदेखि पुन: निष्काशन गरेको छ । कम्पनीले आजदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि खुला गर्न लागेको हो ।

यस अघि कम्पनीले चैत १३ गतेदेखिे हकप्रद  बिक्रि तय गरेकोमा कोरोनाका कारण सिर्जित लकडाउनले स्थगित भएको थियो । कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

 SICL_Notice

Mega Maya Bachat Khata
Companies in this article:
SICL SICLPO