info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईबिएल सहभागिता फन्डमा आबेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Jul 01, 2019

एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत संचालन हुने एनआईबिएल सहभागिता फन्डNIBLSFमा आबेदन दिने आज अन्तिम दिन हो । यस योजनाले प्रति इकाई रु. १० अंकित दरका ५ करोड इकाई निष्कासन गर्नेछ । सोमध्ये बीजपुँजी बापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा ६५ लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित राखिएको छ ।

यस योजनाले पहिलो चरणमा सर्वसाधारणहरुका लागि १ करोड २५ लाख इकाई निष्कासन गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस योजनाका इकाई विनिमय बजारमा सूचीकरण तथा कारोबार हुनछैन । योजना व्यवस्थापक र कोष प्रबद्र्धक आफै वा अन्य संस्थाहरुलाई वितरक तोकी इकाई खरिदबिक्रीको व्यवस्था गरिनेछ । यस योजनाले कमाएको खुद नाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिनेछ । खुद मुनाफाबाट मुनाफा वितरण कट्टा गरी बाँकी रहेको रकम संचित मुनाफा पुनः लगानीका लागि उपयोग गरिनेछ । निष्कासित इकाईका लागि नेपाली नागरिक, गैर आवासीय नेपाली, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली कम्पनी, बैंक, वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेका कोषहरुले आवेदन दिन सक्नेछन् । यस योजनाको योजना व्यवस्थापकले नै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका आस्बा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Maruti Cement
Companies in this article: