info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आज मिति साउन ६ गतेदेखि डिबेन्चर निष्कासन गर्दै NICA

By: Nepse Direct Jul 22, 2019

एन आई सी एशिया बैंक लिमिटेड NICA  0.22 %  447.00 ले रू. ४ अर्व ४० करोड बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले  आज मिति साउन ६ गते सोमबारदेखि रू. १ हजार अंकित दरमा १७ लाख ६० हजार कित्ता ऋणपत्र जारी गर्न लागेको हो । यसका लागि बैंकले गत असार ९ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।  

बैंकले १०.२५ प्रतिशत बार्षिक ब्याजदरमा ७ बर्षका लागि ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । ७ वर्षपछि भने साँवा तथा ब्याज एकमुष्ट भुक्तानी गरिने बताइएको छ । 

दरखास्तका लागि न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने आवेदकले अधिकतम ऋणपत्र २२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ । 

आवेदकले सि आश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय कम्पनीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोसेयरको सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बताइएको छ । आवेदन दिने अन्तिम मिति साउन ९ गते तोकिएको छ । यदि, उक्त मितिमा आवश्यक आवेदन नपरेमा भदौ ३ गते सम्म म्याद थप गरिने बताइएको छ । 

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले मिति २०७६/०३/०५ केयर–एनपी ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ । यसको निष्कासन तथा बिक्री प्रवन्धक सानीमा क्यापिटल  लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैँक तथा वित्तिय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

Shivam Cement
Companies in this article: