info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ आजदेखि निष्कासन खुला

By: Nepse Direct Aug 08, 2019

सिद्धार्थ म्युचुअल फन्डले आज (साउन २३ गते) देखि प्रति इकाई १० रुपैयाँ अंकित दरले १४ करोड इकाई निष्कासन तथा विक्री खुला गरेको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको यस योजनाको नाम सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ SIGS2 रहेको छ । यसको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । निष्कासन बन्द छिटोमा साउन २७ गते हुनेछ भने ढिलोमा भदौ २० गते हुनेछ । योजनाले १४ करोड इकाई बीज पुँजीबापत २ करोड १० लाख इकाई कोष प्रबद्र्धकलाई सुरक्षित राखेको छ । सर्वसाधारणले बाँकी ११ करोड ९० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

Scheme_Snapshot

Objective

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ करोड ४० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । यस योजनाको अवधि १० वर्षको रहेको छ ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस म्युचुअल फन्डको कोष प्रबद्र्धकलाई इक्रा नेपालले मध्यम क्रेडिट क्वालिटी जनाउने इक्राएनपी–आईआर बिबिबि प्लस रेटिङ दिएको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ दिएको छ ।

आवेदन दिनको लागि यहाँ क्लिक गर्नुहोस् ।

sigs2

Scheme Name

Siddhartha Investment Growth Scheme 2

Quote

SIGS 2

Fund Manager

Siddhartha Capital Limited

Depository

Siddhartha Capital Limited

Fund Sponsor

Siddhartha Bank Ltd.

Nature of Scheme

Closed-end

Maturity

10 years

Number of Units

14,00,000 units

NFO Price Per Unit

Rs 10

Capital Amount

Rs. 1 Arba 40 Crore

Seed Capital [15%]

Rs. 21,00,00,000 (Rs 21 crore)

Units available to General Public

11,90,00,000 units

Minimum Subscription Required

7,00,00,000 units

Issue Open

Shrawan 23, 2076

Issue Close

Sharawan 27,2076

Extension Period (if required)

20 Bhadra, 2076

Listing

NEPSE

Minimum Lot for Application

100 Units

Maximum Lot for Application

1,40,00,000 units

© InvestingNepal.com

Companies in this article: