info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

By: Nepse Direct Jun 03, 2020

कुमारी बैंकले देवः विकास विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सोमवार पारित भएको छ ।

सोमवार कुमारी बैंकले विशेष साधारण सभा र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । लकडाउनका बिच शेयरधनीहरुलाई अनलाईनमार्फत सभामा सहभागी गराई सुझाब राख्न दिइएको थियो ।

देवः विकास बैंकको ०. ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ति गर्न लागेको हो । 

 देवः विकास बैंकले भने प्राप्ति सम्बन्धी प्रस्तावसँगै गत आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सहित प्रस्तावित लाभांश पारित गरेको छ । 

हाल देवः विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब १७ करोड ७१ लाख र कुमारी बैंकको रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ । देवः विकास बैंकले प्रस्तावित ८.५५ प्रतिशत बोनस शेयर समेत पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार पुगेको छ । कुमारी र देवः विकास एक भएपश्चात चुक्तापूँजी रू. १३ अर्ब २८ लाख ७२ हजार पुग्नेछ ।

Mega Maya Bachat Khata
Companies in this article:
KBL KBLPO DBBL DBBLPO