info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदलाई ग्रेड ३ रेटिङ्ग

By: Nepse Direct Aug 11, 2019

क्रेडिट रेटिङ्ग कम्पनी, इक्रा नेपालले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड LGIL  0.00 %  315.00 ले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई इक्राएनपी आईपिओ ग्रेड ३ रेटिङ्ग दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतमा रहेको संकेत गर्दछ । कम्पनीले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासनको लागि कम्पनीले असार ३१ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा सिबिआईएल क्यापिटललाई दिइएको छ । 

पछिल्लो समयमा पर्याप्त शाखा विस्तार, अनुभवी संचालक समिति र बिमा क्षेत्रमा बलियो पकडले रेटिङ्गलाई टेवा दिएको इक्राले उल्लेख गरेको छ । पर्याप्त पुनर्बीमा व्यवस्थाहरु, विनाशकारी प्रावधानहरुले २०१५ को जस्तो विनाशकारी भूकम्पको अवस्थामा पनि दाबी भुक्तानी गर्न सक्ने क्षमताले पनि रेटिङ्गलाई टेवा पुगेको छ । 

तर, पोर्टफोलियो विविधिकरण नभएको र विशेष गरी सवारीसाधनमा जोड दिइनुले कम्पनीको रेटिङ्गलाई नकारात्मक प्रभाव परेको इक्राले उल्लेख गरेको छ ।  

Shivam Cement
Companies in this article:
LGIL LGILPO