info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Sep 09, 2019

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड GILB  3.07 %  725.00 ले साउन २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (भदौ २३ गते) अन्तिम दिन हो । सो सेयरमा असार ३१ गतेसम्म कायम साविक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको रजिष्टर्ड तथा सबै शाखा कार्यालय, लक्ष्मी क्यापिटल र सिआस्बा सदस्यता दिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० अंकित मूल्यका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

Shivam Cement
Companies in this article:
GILB GILBPO