info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

वोमीको १०० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Aug 28, 2019

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड WOMI ले साउन ९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रदमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन हो । कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरुका लागि प्रति कित्ता १०० अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सो हकप्रद सेयरमा वोमी लघुवित्तको केन्द्रिय तथा सम्पूर्ण शाखाका कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटलबाट पनि आवेदन दिन सक्नेछन् । 

Shivam Cement
Companies in this article:
WOMI WOMIPO