info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सूर्या लाइफको ७० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Sep 29, 2019

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड SLICL  3.73 %  258.00 ले भदौ ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ७० प्रतिशत हकप्रदमा आवेदन दिने आज (असोज १२ गते) अन्तिम दिन हो । कम्पनीले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । सो कम्पनीको हकप्रद सेयरमा साउन २८ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले प्रति कित्ता १ सय रुपैयाँमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको कार्य एन आई सी एशिया क्यापिटलले गर्नेछ । सो हकप्रद सेयरमा एनआईसी एशिया बैंक लिमिटेडका विरगंज, नारायणघाट, विराटनगर, धरान, बुटवल, पोखरा, सुर्खेत र महेन्द्रनगर शाखा कार्यलय र सि–आस्वाबाट आवेदन दिन सकिनेछ । 

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार ३० करोड २४ लाख रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई केयर नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपि आईपिओ ग्रेड ४ रेटिङ दिएको छ । 

Shivam Cement
Companies in this article: