info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

हिमाल दोलखाको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Aug 09, 2019

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपिओमा आवेदन दिने आज (साउन २४) गते अन्तिम दिन हो । कम्पनीले प्रति सेयर रु. १०० अंकित दरका ७६ लाख ७२ हजार २१० कित्ता निष्कासन तथा बिक्री खुला गरेको थियो । सोमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको थियो । सर्वसाधारणहरुले बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सिआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आईपिओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधारहरु जनाउने केयर एनपि आईपिओ ग्रेड ४ रेटिङ दिएको थियो । 

Companies in this article: