info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशियाको डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Aug 20, 2019

एन आई सी एशिया बैंक लिमिटेड NICA  2.03 %  387.00 ले साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको रू. ४ अर्व ४० करोड बराबरको ऋणपत्र मा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन हो । बैंकले रू. १ हजार अंकित दरमा १७ लाख ६० हजार कित्ता ऋणपत्र जारी गरेको हो । यसका लागि बैंकले गत असार ९ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।  

बैंकले १०.२५ प्रतिशत बार्षिक ब्याजदरमा ७ बर्षका लागि ऋणपत्र जारी गरेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । ७ वर्षपछि भने साँवा तथा ब्याज एकमुष्ट भुक्तानी गरिने बताइएको छ । 

दरखास्तका लागि न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने आवेदकले अधिकतम ऋणपत्र २२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ । 

आवेदकले सि आश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय कम्पनीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोसेयरको सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बताइएको छ । बैंकले निष्कासन गरेको ऋणपत्रलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले केयर–एनपी ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ । 

Shivam Cement
Companies in this article:
NICA NICAP