info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३ मा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Sep 05, 2019

सिद्धार्थ बैंक लिमिटेड SBL  0.6 %  329.00 को १०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३ मा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन हो । बैंकले रू. २५ लाख कित्ता ऋणपत्र जारी गरेको हो । सो मध्ये १५ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट र १० लाख कित्ता सर्वसाधारणका लागि जारि गरेको हो । यसका लागि बैंकले गत जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।  

बैंकले १०.२५ प्रतिशत बार्षिक ब्याजदरमा ७ बर्षका लागि ऋणपत्र जारी गरेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । ७ वर्षपछि भने साँवा तथा ब्याज एकमुष्ट भुक्तानी गरिने बताइएको छ । 

बैंकले निष्कासन गरेको कुल कित्ता मध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । दरखास्तका लागि न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने आवेदकले अधिकतम ऋणपत्र १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

आवेदकले सि आश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय कम्पनीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोसेयरको सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बताइएको छ ।  

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आइआर रेटिङ्ग प्रदान गरेको छ । यसले औसत कर्जा जोखिम  रहेको संकेत गर्दछ ।  

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

Shivam Cement
Companies in this article: