info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सूर्याको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Aug 13, 2019

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड SLICL  1.69 %  291.00 ले भदौ ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्न लागेको ७० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (साउन २८ गते) अन्तिम दिन हो । कम्पनीले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि साउन २९ गते बुक क्लोज गर्नेछ । 

हकप्रद सेयर बिक्री प्रबन्धकको कार्य एन आई सी एशिया क्यापिटलले गर्नेछ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार ३० करोड २४ लाख रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई केयर नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपि आईपिओ ग्रेड ४ रेटिङ दिएको छ ।

Shivam Cement
Companies in this article: