info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी बैँकको १ अर्ब खुद नाफा

By: Nepse Direct Aug 07, 2019

लक्ष्मी बैँक लिमिटेड LBL  1.41 %  216.00 ले गत आवको चौथो त्रैमासमा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.४३ प्रतिशत बढेको हो । कम्पनीको वितरण योग्य मुनाफा भने ११ लाख ५६ हजार रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.९० प्रतिशत घटेको हो ।

२ अर्ब भन्दा बढी संचालन मुनाफा

बैँकको संचालन मुनाफा समिक्षा अवधिमा ३६.८१ प्रतिशत बढेर २ अर्ब ३० करोड २६ लाख १९ हजार रुपैयाँ बराबर पुगेको छ । त्यसैगरी, बैँकको खुद ब्याज आम्दानी ३०.५४ प्रतिशत बढेर ३ अर्ब ४ करोड ४६ लाख ४१ हजार रहेको छ । 

चुक्ता पूँजीमा ८.५ प्रतिशत वृद्धि

असार मसान्तसम्ममा बैकको चुक्ता पूँजी ८.५ प्रतिशत बढेर ८ अर्ब ९२ करोड ५ लाख नाघेको छ । बैकको जगेडा कोष असार मसान्तसम्ममा ३ अर्ब ७१ करोड ६८ लाख ६ हजार रुपैयाँ बराबर रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २७.११ प्रतिशत बढेको छ । 

७५ अर्ब कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा ७५ अर्ब २२ करोड ७८ लाख ६९ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २५.७२ प्रतिशत बढी हो । बैँकको निक्षेप असार मसान्तसम्म ७९ अर्ब ७४ करोड ३१ लाख ८ हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी १७.६७ रुपैयाँ

असार मसान्तसम्ममा बैकको प्रति सेयर आम्दानी ११.८३ प्रतिशत बढेर १७.६७ रुपैयाँ कायम भएको छ भने नेटवर्थ १४१.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७९ रुपैयाँ रहेको छ ।

lbl

Maruti Cement
Companies in this article:
LBL