info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी बैंकले दोहा बैंकबाट नेपाल भित्र्यायो २ अर्ब बढीको बैदेशिक ऋण

By: Nepse Direct Jun 22, 2020

लक्ष्मी बैंक LBL  0.47 %  213.00 ले विदेशबाट २ अर्ब बढीको ऋण ल्याएको छ । बैंकले दुबईको दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर अर्थात २ अर्ब ४३ करोड रुपैयाँको बैदेशिक ऋण ल्याएको हो। 

लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको जनाएको छ । गत बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकम प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न प्रयोग गर्ने बैंकले जनाएको छ। 

Mega Maya Bachat Khata
Companies in this article:
LBL LBLPO