info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लुम्बिनी विकासको खुद नाफा ७१.८० प्रतिशत बढ्यो

By: Nepse Direct Aug 13, 2019

लुम्बिनी विकास बैंक लिमिटेड LBBL  0.58 %  170.00 ले गत आवको चौथो त्रैमासमा ५५ करोड ७३ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.८० प्रतिशत बढेको हो । कम्पनीको वितरण योग्य मुनाफा भने २८ करोड ५१ लाख ९  हजार रहेको छ ।

८४ करोड भन्दा बढी संचालन मुनाफा

बैँकको संचालन मुनाफा समिक्षा अवधिमा ६६.६७ प्रतिशत बढेर ८४ करोड २६ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, बैँकको खुद ब्याज आम्दानी ४१.९६ प्रतिशत बढेर १ अर्ब १३ करोड ३७ लाख ८६ हजार पुगेको छ  । 

चुक्ता पूँजीमा १.६ प्रतिशत वृद्धि

असार मसान्तसम्ममा बैकको चुक्ता पूँजी १.६ प्रतिशत बढेर २ अर्ब २० करोड ९७ लाख ६६ हजार पुगेको छ  । बैकको जगेडा कोष असार मसान्तसम्ममा १ अर्ब ६३ करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.४० प्रतिशत बढेको हो । 

२२ अर्ब कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा २२ अर्ब ७६ करोड ९८ लाख ६४ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २३.८४ प्रतिशत बढी हो । बैँकको निक्षेप असार मसान्तसम्म २४ अर्ब ८० करोड ६२ लाख ३३ हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.८२ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी २६.६९ रुपैयाँ

असार मसान्तसम्ममा बैकको प्रति सेयर आम्दानी २६.६९ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ७.३८ रहेको छ र नेट वोर्थ १७४.०६ रहेको छ । 

lumbini bikas bank

Shivam Cement
Companies in this article: