info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपीओ निष्काशन गर्ने

By: Nepse Direct Jun 23, 2021
IPO

मनकामना स्मार्ट लघुवित्त कम्पनीले असार १७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले प्रतिकित्ता एक सय अंकित दरका ३ लाख ८९ कित्ता शेयर निष्काशन गर्न लागेको हो।  यसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबी’ माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

आइपीओ बिक्रीपछि मनकामनाको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Mega Maya Bachat Khata
Companies in this article: