info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आज ४ बजे सार्वजनिक हुँदै मौद्रिक नीति

By: Nepse Direct Jul 24, 2019

नेपाल राष्ट्र बैंकले आज (साउन ८ गते) ४ बजे होटल ¥याडिसनमा चालु आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्नेछ । केन्द्रिय बैंकले गत असारमा नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, विशेष कारणबस तोकिएको अवधिमा मौद्रिक नीति सार्वजनिक हुन सकेन । 

बैंक तथा वित्तीय संस्थाहरुको बिग मर्जर यस आवको मौद्रिक नीतिको प्रमुख आकर्षण रहेको थियो । सोही विषयमा छलफल र सहमति हुन नसकेका कारण तोकिएको अवधिमा मौद्रिक नीति सार्वजनिक गर्न नसकेको हो । 

चालु आवको बजेटले निर्धारण गरेको साढे ८ प्रतिशत आर्थिक वृद्धि, शोधनान्तर घाटा, मूल्यवृद्धि, ब्याजदर, स्प्रेडदर, सिसिडी रेशियोलाई आज सार्वजनिक हुने मौद्रिक नीतिले समेट्ने अनुमान गरिएको छ ।

Shivam Cement
Companies in this article:
NRB