info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

२०१९ भित्र मुडिजले नेपालको क्रेडिट रेटिंग गर्ने

By: Nepse Direct Aug 10, 2019

विश्व मानचित्रमा नेपाल एक गरिब मुलुक हो, न यो राष्ट्रले कुनै धनि राष्ट्रबाट ठुलो सहयोग ल्याएर परिवर्तनको खाका कोर्न सफल भएको छ नत कुनै राष्ट्रलाई तर्साउने सक्ने हैसियत नै राख्दछ । त्यसैले यो राष्ट्र बाहिर बाट हेर्दा धनले मात्र हैन बिचार र आँट सबैमा गरिब छ ।  सम्पदामा धनि छौँ भने पनि भारत र चिन सँग टाँसीएको भुगोल देखाए पनि, अझ भनौ छिमेकी राष्ट्रहरुको आर्थिक बृद्धि देखाँउदा हामीलाई माया गर्ने भन्दा बढि झनै मुर्ख वा भिकारीको हैसियत दिनेको जमात ठुलो होला । जब सम्म हामी समक्ष दुई यक्ष प्रश्नको जवाफ हुदैन, न त नेपाल कहिल्यै समृद्ध हुन्छ, नत समृद्ध नेपाली नै । पहिलो प्रश्न,  सम्पति (प्रकृति, जमिन, पानी, जंगल जडिवुटी र सम्पदा) सबै हुँदा हुँदै किन यसको उपयोग भएन अर्थात किन यी सम्पदाहरुले नेपाललाई आर्थिक समृद्धीमा सहयोग भएन र? दोश्रो प्रश्न, भारत र चिनले विकाश गर्दा हामीले कसलाई कुरेको ? अझै भारत र चिनको आर्थिक उन्नतीकै प्रचारबाजी मात्रै गर्दा हामी किन हराईरहेका छौँ । यी दुबै सवालमा हाम्रो कमजोरी भनेकै हामीले नेपाललाई नेपाल भनेर चिनाएनौ या चिनाउन सकेका छैनौ । हाम्रो आर्थिक निति कहिल्यै पनि प्रष्ट भएनन, मुद्रा भारु सँग पेग्ड छ, हाम्रा स्रोतहरु वा सम्पदाहरु बाट जति उत्पादन निर्यात भएका छन् अधिकांश भारत बाट र डलरमै निर्यात हुन्छन् ।   

Canva - Photo of Houses With Mountain

निदाईरहेको अर्थतन्त्र

हामी जब बैदेसिक लगानीको कुरा गछौँ विदेशी लगानीकर्ताले हेर्न राडारमा हामी विलिन छौँ । नेपाल भनेर चिनाउन असफल हामी अहिलेको प्रतिस्पर्धी युगमा विकाशशील मुलुकहरुले अवलम्बन गर्ने बाटो भन्दा पनि मन्ध गतिमा मात्र हिँडिरहेका छौ । हाल सम्म नेपालको कुनै क्रेडिट रेटिंग छैन, कुनै सरकारी बण्ड मार्फत बैदेशिक ऋण पनि उठाएको छैन, अब आँफै अनुमान गरौँ यो निदाई रहेको रेटिंग नै बिनाको अर्थतन्त्रमा कुन भेन्चर क्यापीटलिष्ट, संस्था, सरकारी सम्पती कोष, लगानीकर्ताले लगानी गर्ने ?

पुँजी बजार ले गिज्याईरहेको अर्थतन्त्र

लगभग २५० लाईसेन्स प्राप्त बित्तिय संस्थाहरुले भरिभराऊ हुँदा समेत फिष्टो जत्रो पुँजी बजारले अन्तराष्ट्रीय रुपमा हामीलाई सधै गिज्याईरहेको हुन्छ कि हामी गुणात्मक भन्दा पनि संख्यामा विश्वास गछौँ भनेर । 

आँखा खुलेको त्यो क्षण, नेपालले क्रेडिट रेटिंग गराउने

डा युवराज खत्तिवडा जब अर्थमन्त्री भए नेपालको डुईगं बिजनेश ईन्डेक्स रिपोर्ट झनै नराम्रो भनेर आयो जसलाई अर्थमन्त्रीले उक्त ईन्डेक्स गणना बिधि नै गतल भन्ने हचुवा अभिब्यक्ती दिए । डा. खत्तिवडाले यसको महत्व बुझेर पनि यो विषयलाई थप नउचालुन भनेर डिफेन्स गरेका थिए ।  गत मार्चमा लगानी सम्मेलन  गर्दा बैदेशिक लगानीकर्तालाई कसरी आकर्षित गर्ने, उनीहरुले लगानी पूर्व के हेर्छन भनेर सरकारले राम्रै सँग बुझ्यो, तत्त पश्चात सरकारको आँखा केहि खुलेको छ । सरकारले अब देशको क्रेडिट रेटिंग प्रकृया अगाढी बढाएको छ । 

अन्तराष्ट्रीय रुपमा ख्याती प्राप्त क्रेडिट रेटिंग एजेन्सी, मुडिज ईन्भेष्टर सर्भिसले नेपाल भ्रमण गरिसकेको छ र आवश्यक डाटा लिने प्रकृया अघि बढाईसकेको छ । सम्भवत २०१९ को अन्त सम्म नेपालले क्रेडिट रेटिंग पाई सक्ने आशा गरिएको छ। 

के भन्छन बैंकरहरु ?

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अनिरभन् घोष दस्तीदार भन्छन्, “सोभिरैन क्रेडिट रेटिङ्गले नेपाललाई विश्वको वित्तीय बजारको नक्शामा राख्न सहयोग पुर्‍याउने देखिन्छ जसबाट यसले ठुला पूंजी लगानी गर्ने लगानीकर्ता र प्रत्यक्ष विदेशीक लगानीकर्ताको ध्यानाकर्षण गर्न सक्दछ” । “रेटिंगले देशमा बढी लगानीको लागि बाटो बनाउन सक्छ” ।

नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाह पनि यस्तै उत्साहित छन् ।

“नेपालले सार्वभौम रेटिंग पाउन यो नै उपयुक्त समय हो, ” शाहले भने, यसले विश्वव्यापी इच्छुक पार्टीहरूका लागि नेपालमा लगानीका लागि विचार गर्ने ढोका खोलिदिन्छ, जुन सरकारको आर्थिक वृद्धिको लागि अत्यन्तै आवश्यक छ।  उनी थप्छन, “हामी अहिले आर्थिक र वित्तीय परिवर्तनको सुरूमा छौं जुन हामीले पहिले कहिल्यै देखेका छैनौं” । 

Anil-Shah-Nabil-Bank-780

छलफलसँग परिचित बैंकरहरू भन्छन् कि मूडीज न्यूयोर्कको कार्यालयबाट आएको एउटा ठूलो प्रतिनिधिमण्डलले गत वर्ष नोभेम्बर र डिसेम्बरमा काठमाडौंमा केही हप्ता बिताए, र देशको समग्र खातापाता हेरे । 

“धेरै इच्छुक लगानीकर्ता छन् जसले आफ्नो पोर्टफोलियोमा नेपाल चाहान्छन र नेपालको समष्टिगत आर्थिक सूचकहरु पनि”, दस्तीदार भन्छन्। “सरकार सोभिरैन के्र्रडिट रेटिंग प्राप्त गर्ने को लागी धेरै गम्भीर छ। यसले व्यापक रूपमा नेपालको प्रोफाइललाई बढुवा दिनेछ र विश्वव्यापी लगानी पूंजीका प्रमुख नयाँ स्रोतहरू नेपाल ल्याउन पहुँच पुग्नेछ” ।

मूडीजले नेपाल प्रति हार्दिकता देखाएको छ, तर प्रकृया त्यति सहज छैन

सरकारका सल्लाहकारहरू भन्छन् कि मूडीजले नेपाल प्रति हार्दिकता देखाएको छ । हो, नेपालले आफ्नो दुखलाग्दो बित्तिय समस्याको  सामना गर्नु आवश्यक छ । देशका रेटिंग अनुसार २०१८ मा जीडीपीको 8.9% को बराबर बजेट घाटा छ र आईएमएफको अनुमान अनुसार २०१९ मा चालू खाता घाटा ९.६५% र २०२० मा १२.५५ % चालू खाता घाटा हुने छ।

तर लगानीकर्ताहरू एक सकारात्मक र प्रगतिशील विकासहरु  मन पराउँछन् र रेटिंग एजेन्सीहरूले मूल्यांकन गरेको तथ्यलाई कदर गर्दै त्यस्ता देशहरुमा लगानी गर्न इच्छुक हुन्छन ।

सोभिरैन रेटिंग रणनीतिमा परामर्श दिईरहेका एक जना वरिष्ठ बैंकर भन्छन यो प्रकृया त्यति सहज छैन,  “चुनौती भनेको हामी सबैले नेपालको कुन पक्ष सबल छ र हामी सबै मन्जुर हुन सक्छौ, लगानीकर्तालाई त्यही कथा बेच्ने हो। फिलिपिन्सले बेचेको कथा पर्यटन हो भने इन्डोनेसिया ले पूर्वाधार । मेरो बुझाइ यो छ कि हाम्रो कथा पूर्वाधार वा पर्यटन हुनेछैन, तर जलविद्युत् हुनेछ” ।

रेटिंग प्राप्त गरे पछि नेपालले के पाउँछ ? नेपालको रेटिंग कस्तो आउला ? 

अब प्रश्न आउन सक्छ नेपालले रेटिंग प्राप्त भए पश्चात के पाउँछ रु यो प्रश्नको उत्तर अलि मुश्किल छ।  सामान्यतया लगानीकर्ताहरु बढि रेटिंग भएका देशहरु प्रति नै आकर्षित हुन्छन आखिर नेपाल सरकार बैदेशिक श्रmणपत्रहरु जारी गर्न किन उत्साहित भईरहेको छ रु 

परामर्षदाताले यो बिषयलाई भिन्न र सावधानीपूर्वक विश्लेषण गर्नु पर्ने भन्छन, यस्तो अवस्थामा देशको आर्थिक र वित्तीय विकासको चरणमा हेर्न हो भने नेपालको  मेट्रिक्स अचम्मको अवस्था बाट गुज्रेको देखिएको छ । बंगलादेश र भारतमा प्रतिव्यक्ति जीडीपी उच्च छ,  नेपाललाई आर्थिक गरिबको हिस्साको रूपमा निरपेक्ष गरीबीको उच्च दर र राष्ट्रिय ऋणको स्तरले बाधा पुर्‍याएको छ । तथापी नेपालको वित्तीय क्षेत्र राम्रोसँग व्यवस्थित र रेगुलेटेड छ । छोटो भ्रमणमा ति परामर्षदाता यो पनि निकर्ष निकाल्न भ्याए की नेपालका सहरहरू निर्बाद रुपमा भीख माग्न वा अपराध गर्ने स्वतन्त्रता छ। तर उनले भनेका छन, यो काम गर्न चाहने गर्व मान्छेहरूको देश हो ।

केही विश्लेषकहरू भन्छन यदि मूडीजले रेटिंग गर्यो भने नेपालले "Caa" को सार्वभौम रेटिंग प्राप्त गर्ने हो , ल मानौ त्यो भन्दा तल्लो दर्जाको  रेटिंग "Ca" नै पाए पनि त्यसले देशलाई बैदेशिक ऋण तिर्न नसक्ने गरि टाट पल्टन सक्ने अर्थतन्त्र भन्ने नै बुझाउँछ । तर अन्य विश्लेषकहरु भने नेपालले बंगलादेशको बराबरीमा राख्दै बिए३ रेटिंग दिएको खण्डमा देशलाई फाईदा हुने बताउछन् ।  अप्रिल २०१० यता बंगलादेशले आफ्नो रेटिंगको  बिए३ मा स्थिर राख्न सफल भएको छ । 

बैदेशिक सहयोग भर्सेस क्रेडिट  रेटिंग, भारत भन्दा कम रेटिंग पक्षमा नेपाल

तर त्यहाँ एक जटिलता छ । जसरी एक बैंकरले भनेका छन्, नेपाल विश्वको फ्रन्टियर बजारको रूपमा उदयमान भएको देखाउन उत्सुक छ , दीर्घकालीन सम्भाव्यता फाईदाहुने धरै मौकाहरु गुमाएको छ । उनी थप्छन, नेपाल पनि भुटान, म्यानमार र बंगलादेश सरकार जस्तै संयुक्त राष्ट्र संघको कम विकसित राष्ट्रहरूको सूचीमा रहनको लागि लडेको छ । नेपालमा बैदेशिक लगानी भित्र्याउन के गर्नु पर्छ भन्दा पनि दाताहरु वा लगानीकर्ताहरुले यसो गर्दा मात्र पैसा दिने रैछन भनेर कछुवाको गतिमा हिँडिरहेका छौँ ।

यसको कारण सरल छ। नेपालले वैदेशिक लगानी आकर्षित गर्न चाहन्छ, यसको ठूलो सम्भावनाको बारेमा सचेत छ, विशेष गरी जलविद्युत् र पर्यटनमा ।  उदयमान दुई एशियाली महाशक्ति चीन र भारतको  बिचमा छु भन्दै जुन जिओपोलिटिकल पिन्च पौइन्टको कुरा छ, त्यसलाई कहिले दुई देश बिचको तरुल त कहिले दुई देश बिचको पुल बन्न नेपाल तयार छ भन्न सायदै कुनै नेताहरु चुकेका छन । तर नेपाल  गरीब र अविकसित पनि छ । देश बहुपक्षीय र बैदेशिक एजेन्सीहरूबाट प्रत्येक वर्ष प्राप्त हुने ६ अर्ब डलरमा निर्भर छ । 

एक बैंकर भन्छन्, बैदेशिक सहयोगको पैसा नघटोस भनेर नेपाल भारतको तुलनामा आफ्नो रेटिंग कम राख्न चाहन्छू । यो ठिकै पनि हो ।

जब नेपालले क्रेडिट रेटिंग सुरक्षित गर्छ त्यस पछि नेपालले डलर डिनोमिनेटेड सोभिरैन बॉन्ड प्रिन्ट गर्ने योजना अघि बढाउन सक्दछ ।

Shivam Cement