info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआइसी एशिया लघुवित्तले भोलिबाट आइपीओ निष्काशन गर्दै

By: Nepse Direct Jun 23, 2020
IPO

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडNICALBSको रु. ४७ करोड ५५ लाख रुपैयाँबराबरको आईपीओ यही असार १० गते (भोलि)बाट बिक्री खुला हुने भएको छ।

लघुवित्तले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हो। 

करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृति पाएसँगै एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले रु. १०० अंकित ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ। आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ। 

साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 

Mega Maya Bachat Khata
Companies in this article: