info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशिया लघुवित्तको आईपीओमा पर्‍यो ५.१६ गुणा बढी आवेदन

By: Nepse Direct Jun 29, 2020
IPO

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा अन्तिम दिनसम्ममा ५.१६ गुणा आवेदन परेको छ ।

आईपीओ  निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ  निष्काशनको अन्तिम दिन आइतवार साँझ ५ : ३० बजेसम्म ४ लाख १२ हजार ३३२ जनाले २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ  बराबरको  २ करोड २९ लाख ६८ हजार ८७० कित्ता खरिदका लागि आवेदन परेको बताएको छ । 

लघुवित्तले गत बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

विक्री खुला भएको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको उक्त कम्पनीको आईपीओ विक्रीको छिटो अवधिभित्रै निष्काशन बन्द भएको हो ।

यो कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हो। 

यो आइपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ। 

हाल  १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपछि चुक्तापूँजी १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।

Mega Maya Bachat Khata
Companies in this article: