info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा, खातामा नआएकाले के गर्ने ?

By: Nepse Direct Jun 28, 2020

नेपाल इन्स्योरेन्स NICL  0.93 %  435.00 ले असार ५ गते ७१ औं वार्षिक साधारण सभाबाट पारित गरेको २.८९ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । 

कम्पनीले चैत ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा समेत नगद लाभांश बैंक खातामानै जम्मा गरेको जानकारी दिएको छ ।

NIL_dividend

गत चैत ३ गतेसम्ममा आफ्नो बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुबहु नभइ नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीहरुको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेब साइटमा राखिएको कम्पनीले बताएको छ । 

शेयरधनीहरुले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भइ अरूको नाममा लाभांश रकम जम्मा भएमा त्यसको जिम्वेवार शेयरधनी स्वयं हुनेसमेत कम्पनीले बताएको छ । 

साथै हालसम्म आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुले यथाशिघ्र गराइ बैंक खाता पनि अद्यावधिक गराउन कम्पनीले भनेको छ ।

 यस वर्ष नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर समेत दिने प्रस्ताव सोहि सभामार्फत पारित गरिसकेको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । 

Mega Maya Bachat Khata
Companies in this article:
NICL NICLPO