दाेश्राे बजारमा काराेबार शुरू भएपछि संस्थाकाे शेयरमा निरन्तर सकारात्मक सर्किट लागेकाे छ ।
बुधबार शेयर बजार खुलेको केहि मिनेट नबित्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि शेयर मूल्य ह्वात्तै बढेकाे हो ।
प्रतिकित्ता ४ सय ८४ रुपैयाँ रहेको लघुवित्तको शेयर मूल्य ९.९२ प्रतिशत अर्थात् ४८ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ३२ रुपैयाँ पुगेकाे छ ।
यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा संस्थाको शेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने कम्पनीको शेयर बिक्री गर्न चाहने कोहि पनि छैनन् । जसले गर्दा संस्थाको शेयर खरिदमा चाप देखिएको हो ।