दाेश्राे बजारमा काराेबार शुरू भएपछि संस्थाकाे शेयरमा निरन्तर सकारात्मक सर्किट लागेकाे छ ।
बिहिबार शेयर बजार खुलेको केहि मिनेट नबित्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९६ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । प्रतिकित्ता ५ सय ३२ रुपैयाँ रहेको लघुवित्तको शेयर मूल्य ९.९६प्रतिशत अर्थात् ५३ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ८५ रुपैयाँ पुगेकाे छ ।