info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आजदेखि नगद लाभांश बैंक खातामा जम्मा गर्दै एनएमबि हाइब्रिड फन्ड, तपाईको खातामा आयो ?

By: Nepse Direct Oct 02, 2019

एनएमबि हाइब्रिड फन्ड एल १ NMBHF1  0.00 %  8.36 ले आज (असोज १५ गते) देखि नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत संचालित यस योजनाले गत आवको लागि इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । योजनाले अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत जम्मा गरेको हो । हालसम्म पनि हितग्राही खातामा इकाई जम्मा नगरेका इकाईधनीहरुले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी हितग्राही खाता नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ । इकाई धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका इकाईधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा जम्मा गरिने योजनाले बताएको छ । यस योजनाको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनएमबि बैंक लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: