info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

पुनर्बीमा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Mar 20, 2020
IPO

 नेपाल पुनर्वीमा कम्पनी NRICL को आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको बताएको छ । विक्री प्रबन्धकका अनुसार बिहीबार पाँच बजेसम्ममा २ लाख ९१ हजार २६४ जना आवेदकबाट रू.३ अर्ब ८५ करोड ९३ लाख ६० हजार बराबरको आवेदन परेको छ । 

 कुल कित्तामध्ये ३ हजार ५०० कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिने व्यवस्था छ ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरा शेयर एप मार्फत दिन सकिनेछ । यस आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष बलियो रहेको ग्रेड २ रेटिङ प्रदान गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू.८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासनपछि पूँजी रू.१० अर्ब पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४९ दशमलव ५६ छ । 

Mega Maya Bachat Khata
Companies in this article: