info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

टेलिकमको फोरजी आजबाट सातै प्रदेशमा

By: Nepse Direct Oct 02, 2019

नेपाल टेलिकमले आजदेखि सातै प्रदेशमा फोरजी सेवा सुरु गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज यसको औपचारिक उद्घाटन गर्नेछन । एड्भान्स प्रविधिमाआधारित यो सेवामा उच्च गतिको इन्टरनेट सेवामार्फत नवीनतम सेवाहरु लिन पनि सहज हुने टेलिकमले बताएको छ । 

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने कम्पनीको विश्वास छ। टेलिकमका अनुसार यसको यसको न्यूनतम गति ३५ एमबी प्रतिसेकेन्ड छ। हाल यो सेवा काठमाडौँ र पोखरामा मात्र सिमित छ । सातै प्रदेशमा यो सेवा सुरु भएको अवसरमा कम्पनीले आकर्षक योजनाहरु पनि ल्याएको छ ।

मोबाइल प्रयोगकर्ताहरुलाई कम्पनीले अल टाइम अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरि साविक कै मुल्यमा दिने बताएको छ । यसका साथै प्रयोगकर्ताहरुले २५ रुपैयामा ४०० एमबी डाटा पनि प्राप्त गर्न सक्नेछन । ७ दिनसम्म प्रयोग गर्न सकिने डाटा प्याकेजमा थप ५०० एमबी डाटा, २८ दिनसम्म प्रयोग गर्न सकिनेमा २४० रुपैयामा ३ जिबि डाटा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

Shivam Cement
Companies in this article:
NTC