info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल फाइनान्सले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन, १२५ प्रतिशत हकप्रद जारी गर्ने

By: Nepse Direct Jun 12, 2020

नेपाल फाइनान्स कम्पनी NFS  2.96 %  139.00 ले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले १ : १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन २९ गते निवेदन दिएको हो । यस हकप्रदमा प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २२ करोड ७ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५ प्रतिशत  हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३९ करोड ४ लाख ८१ ह्जार रुपैयाँ पुग्नेछ ।

 कम्पनीले चालू आवको तेस्रो त्रैमासमा  ७० लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । 

Mega Maya Bachat Khata
Companies in this article:
NFS NFSPO