info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

वाणिज्य बैंकहरुको नाफा औसतमा २१.४८ प्रतिशतले बृद्धि

By: Nepse Direct Aug 05, 2019

अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिसम्ममा १० वाणिज्य बैंकहरुको खुद नाफा २१.४८ प्रतिशत बढेको छ । साउन २० गतेसम्ममा १० वाणिज्य बैंकहरुले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । सोही वित्तीय विवरण अनुसार बैंकहरुको नाफा २१.४८ प्रतिशत बढेको देखिएको हो । सो अवधिसम्ममा १० वाणिज्य बैंकहरुले कुल २१ अर्ब ८८ करोड ५९ लाख खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको चौथो त्रैमाससम्ममा यी बैंकहरुको खुद नाफा १८ अर्ब १ करोड ६५ लाख रहेको थियो । समिक्षा अवधिमा प्रभु बैंकको खुद नाफा सर्वाधिक ११२.०५ प्रतिशत बढेको छ भने नेपाल बैंकको १८.७७ प्रतिशत घटेको छ ।

वितरण योग्य

नेपाल बैंक NBL  0.92 %  322.00 को वितरण योग्य आम्दानी सबैभन्दा बढी ३ अर्ब ४५ करोड रहेको छ । सबैभन्दा कम वितरण योग्य मुनाफा कुमारी बैंक लिमिटेड KBL  0.00 %  203.00 को रहेको छ । चैत मसान्तसम्ममा कुमारीको वितरण योग्य मुनाफा ९६ करोड रहेको छ ।

संचालन मुनाफा

सो अवधिसम्ममा यी बैंकहरुले कुला ३१ अर्ब ८० करोड संचालन मुनाफा आर्जन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१.९१ प्रतिशत बढी हो । समिक्षा अवधिमा प्रभु बैंक PRVU  0.38 %  267.00 को संचालन मुनाफा ६४.४३ प्रतिशत बढेको छ भने नेपाल बैंकको ६.१९ प्रतिशत घटेको छ । 

खुद ब्याज आम्दानी

१० वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी कुल २५.०६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी बृद्धिदर पनि प्रभु बैंककै बढी रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६५.१५ प्रतिशत बढेको छ । नेपाल बैंकको खुद ब्याज आम्दानी समिक्षा अवधिमा ३.२७ प्रतिशत घटेको छ । 

ईपीएस

सो अवधिसम्ममा सबैभन्दा बढी ईपीएस ३७.५७ रुपैयाँ रहेको छ भने सबैभन्दा कम कुमारी बैंकको १५.३६ रुपैयाँ रहेको छ । पीई रेशियो भने सबैभन्दा कम ग्लोबल आइएमई बैंक GBIME को रहेको छ । 

4th

Shivam Cement
Companies in this article:
NBL KBL KBLPO GBIME GBIMEP PRVU PRVUPO