info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ओरियन्टल होटल्सले १५.७९ प्रतिशत लाभांस बितरण गर्ने ,बोनस कति ?

By: Nepse Direct Oct 01, 2019

ओरियन्टल होटल्स OHL  2.6 %  450.00 ले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १५.७९ प्रतिशत  लाभांश वितरण गर्ने घोषणा गरेको हो । आश्विन १३ गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सोको कर प्रयोजनको लागि सहित १०.७५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई बैंकको साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सो लाभांस पारित गर्न कम्पनीले कार्तिक ७ गते  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा साधारणसभा आयोजना गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज २८ देखि कार्तिक ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

ohl dividend

Shivam Cement
Companies in this article:
OHL