info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

३२ प्रतिशत बढ्यो प्राइमको नाफा, १ अर्ब नाघ्यो वितरण योग्य मुनाफा

By: Nepse Direct May 09, 2019

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्राइम कमर्सियल बैंक लिमिटेड PCBL  1.05 %  290.00 ले १ अर्ब ५४ करोड ७९ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१.३६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड ८३ लाख खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७९ लाख ८८ हजार पुगेको छ । 

३ महिनामा ४८ करोड नाफा

बैंकले माघदेखि चैत महिनासम्ममा ४८ करोड ७० लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो २६.१४ प्रतिशत बढी हो । गत आवको सोही ३ महिनामा बैंकले ३८ करोड ६० लाख नाफा आर्जन गरेको थियो । 

४८ प्रतिशत बढ्यो जगेडा कोष

चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड ३२ लाख रहेको छ । समिक्षा अवधिमा बैंकको जगेडा कोष ४७ दशमलव ९८ प्रतिशत बढेर ४ अर्ब ६९ करोड ७६ लाख पुगेको छ ।

कर्जा बढ्यो, निक्षेप घट्यो

बैंकले चैत मसान्तसम्ममा ६८ अर्ब ६५ करोड ७८ लाख निक्षेप संकलन गरी ७२ अर्ब ८६ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा ५.४८ प्रतिशत कम हो भने कर्जा ४.१५ प्रतिशत बढी हो । 

२ अर्ब नाघ्यो खुद ब्याज आम्दानी र संचालन मुनाफा

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४२.१५ प्रतिशत बढेर २ अर्ब ६० करोड १५ लाख पुगेको छ । त्यसैगरी, संचालन मुनाफा २८.६८ प्रतिशत बढेर २ अर्ब १९ करोड ९२ लाख पुगेको छ । 

६ रुपैयाँ बढ्यो ईपीएस

चुक्तापुँजी स्थिर रहि, खुद नाफामा वृद्धि भएपछि बैंकको ईपीएस बढेको छ । गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकको ईपीएस ६.१३ रुपैयाँ बढेर २५.६९ रुपैयाँ पुगेको छ । बैंकको पीई रेशियो १२.८४ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ १५८.४८ रुपैयाँ रहेको छ ।

prime

Mega Maya Bachat Khata
Companies in this article:
PCBL PCBLP