info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रभु इन्स्योरेन्सको साधारण सभा माघ २४ गते

By: Nepse Direct Feb 02, 2020

प्रभु इन्स्योरेन्स लिमिटेड  PRIN  1.1 %  360.00 ले लाभांश वितरण गर्ने प्रस्ताव सहित २४ औं वार्षिक साधारण सभा माघ २४ गते, प्रभु इन्स्योरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजे शुक्रबार बोलाएको छ । 

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत अर्थात् ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजन सहित ११.३२ प्रतिशत अर्थात् ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ  नगद लाभांश गरि कूल १६.३२ प्रतिशत  लाभांश वितरण गर्न लागेको हो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १० गते शुक्रबार बुक क्लोज गरिसकेको छ र माघ ९ गते बिहीबारसम्म  नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन्। 

Mega Maya Bachat Khata
Companies in this article:
PRIN PRINPO