info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

चिलिमेको सेयरमूल्य हालसम्मकै सस्तो, किन घट्यो लगानीकर्ताको आकर्षण ?

By: Nepse Direct Aug 19, 2019

कुनैबेला लगानीकर्ताहरुको आकर्षण रहने चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड CHCL  0.46 %  433.00 को सेयरमूल्य अहिले निकै सस्तिएको छ । आइतबार ४५८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयरमूल्य सोमबार ४४९ रुपैयाँसम्म कारोबार भएको छ । यस कम्पनीको यो हालसम्मकै न्यून मूल्य हो । 

किन घट्यो चिलिमेको सेयरमूल्य ?

कुनै समयमा नेप्सेको ब्लुचिप सेयर रहेको यस कम्पनीको सेयरमूल्य न्यूनतम विन्दुमा पुग्नुको प्रमुख कारण कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण हो । अघिल्लो आवको असार मसान्तको तुलनामा चालु आवको सोही अवधिसम्ममा कम्पनीको नाफा घटेसंगै लगानीकर्ताहरु यस कम्पनीको सेयर बिक्री गर्नतर्फ लागेका हुन् । सो अवधिमा कम्पनीले ७१ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ जुन  अघिल्लो आवको सोही अवधिको तुलनामा २२.८९ प्रतिशत कम हो । सो अवधिमा रोयाल्टी खर्च बढेका कारण कम्पनीको खुद नाफा घटेको हो । कम्पनीले २०६० भदौ ८ गतेदेखि १५ वर्षसम्म बिक्री गरी प्राप्त गरेको कुल रकमको २ प्रतिशत र जडित क्षमताको हकमा प्रति किलोवाट रु। १०० का दरले विद्युत विकास विभागमार्फत रोयल्टी भुक्तानी गर्दै आएको थियो । सो पछिको समयमा बिक्री गरि आएको कुल रकमको १० प्रतिशत र जडित क्षमताको हकमा प्रति किलोवाट रु। १०० का दरले विद्युत विकास विभागलाई भुक्तानी दिने पर्ने भएकोले रोयाल्टी खर्च बढेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको प्रमुख सूचक

chcl

मूल्य चार्ट

chcl chart

लाभांश इतिहास

chcl dividend

Shivam Cement
Companies in this article: