info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रति लिटर २ रुपैयाँ घट्यो पेट्रोल/डिजेलको मूल्य

By: Nepse Direct Sep 10, 2019

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ रुपैयाँ घटाएको छ । आज (भदौ २४ गते) दिउसो १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाइएको निगमले बताएको छ । 

सर्वसाधारणले अब पेट्रोल प्रति लिटर १ सय ७ रुपैयाँ र डिजेर/मट्टितेल प्रति लिटर ९५ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । हवाई इन्धन र एलपि ग्याँसको मूल्य भने यथावत रहेको निगमले बताएको छ । निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाईनबाट ढुवानी हुँदा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावलाई मनन गरी निगमले मूल्य समायोजन गरेको हो । 

70134785_614863239041732_2677369414168346624_n

Shivam Cement