info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल विद्युत प्राधिकरणको खुद नाफा १४९ प्रतिशत बढ्यो

By: Nepse Direct Aug 13, 2019

आर्थिक वर्ष २०७५/७६ मा नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४९ प्रतिशत बढी हो । आव २०७४/७५ मा प्राधिकरणको नाफा २ अर्ब ९० करोड रहेको थियो । अघिल्लो आवमा २०.४५ प्रतिशत रहेको विद्युत चुहावत गत आवमा ५.१३ प्रतिशत घटेर १५.३२ प्रतिशतमा सिमित भएको छ । आव २०७२/७३ मा कुल चुहावत २५.७८ प्रतिशत रहेको थियो । गत आवमा प्राधिकरणले नेपाल सरकारको ढुकुटीमा सवा १ अर्ब, विगत वर्षहरुको ब्याज समेत १३ अर्ब १६ करोड र रोयाल्टी बापत १ अर्ब ४४ करोड गरी कुल १५ अर्ब ५९ करोड जम्मा गरेको छ । ग्रीडमा आबद्ध भई विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत अथवा करिब ४५ लाख पुगेको प्रधिकरणले बताएको छ । गत आवमा कुल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट रहेको थियो । सोमध्ये प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, नीजि उत्पादकहरुको २ अर्ब १९ करोड र आयात २ अर्ब ८१ करोड युनिट रहेको छ । सो अवधिमा विद्युत निर्यात १ करोड ४७ लाख युनिट रहेको छ । गत आर्थिक वर्षमा प्रसारण लाईनतर्फ करिब ७५७ सर्किट कि.मी लाईन सम्पन्न भई ६०६ सर्किट कि.मी चार्ज भएको छ । वितरण लाइन तर्फ (३३ के.भी र सोभन्दा मुनि) करिब ९,७२२ सर्किट कि.मी लाईन निर्माण सम्पन्न भई चार्ज भएका छन् । प्रसारण तथा वितरण गरी जम्मा ४० वटा सब्स्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरी करिब ९२० एन.भि.ए. क्षमता थप भएका छन् भने वितरण ट्रान्सफरर्मरहरु कुल ६,५८१ वटा थप गरी करिब ६६० एमभीए क्षमता वितरण प्रणालीमा थप भएको छ । 

Shivam Cement